किङरियनपूर्वामा राहत वितरण
नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२, पुरैनीले किङरियनपूर्वा बस्तीका अति विपन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने तीन सय घर परिवारलाई राहत वितरण गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले लकडाउनको कारण ज्याला मजदुरी गरी खाने परिवारमा समस्या भएकाले राहत दिने निर्णय गरेसँगै वडा कार्यालयले किङरियनपूर्वाका तीन सय घरपरिवारलाई राहत वितरण गरेको हो । राहत वितरण गर्दा सामाजिक दुरी कायम गरिएको थियो ।
राहतमा चामल १५ केजी, दाल २ केजी, पिठो ५ केजी, तेल १ लिटर, नुन १ प्याकेट, आलु ५ केजी र हात धुने साबुन एक रहेको छ ।
वडाध्यक्ष बिद्याराम बर्माले अति विपन्नको छनौट गरेर सामाजिक दुरी कायम गरेर राहत वितरण गरेको बताउनुभयो । राहत वितरण हुँदा नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. ५ का कोषाध्यक्ष राजकुमार बर्मा, नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति फनबहादुर गुरुङ, उपसभापति मो. फारुक हल्वाई, सचिव शिवकुमार बर्मा, सदस्य धनराज बर्मा, खगेश्वरी रावत, युवा क्लबका अनुज बर्मा, वडा सदस्यहरु राजीया बेगम किङरिया, सुरसति धोबी, भर्री कुर्मीलगायतको उपस्थिति रहेको वडा सचिव भुबिन्द्र प्रसाद कँडेलले जानकारी दिनुभयो ।