खुशी भए पत्रिका वितरक

नेपालगञ्ज – लकडाउनले गर्दा पत्रिका बन्द छन् । पत्रिका बन्द भएकाले उनीहरुले चैत्रको तलव पाउँछन् कि पाउँदैनन् ठेगान छैन ।
पत्रिका वितरक अर्थात मिडिया हाउसका सामान्य कर्मचारी । दिनको सयदेखि डेढ सय रुपैयामा विहान एक÷दुई घण्टा खटिन्छन्, घरघरमा पत्रिका पु¥याउन । यद्यपि, अधिकांश पत्रिका वितरक थोरै भएपनि मासिक तलवी नै छन् ।
यतिबेला वडाका विपन्न, ज्यालादारी मजदुरलाई राहत वितरण भइरहदा यी मिडिया हाउसका सामान्य कर्मचारीलाई कसैले सोचेका थिएनन् । नेपालगञ्जबाट प्रकाशित हुने लोकप्रिय दैनिकले पत्रिका वितरकलाई राहत दिने अभियान चलायो । दैनिकका प्रकाशक÷सम्पादक गोविन्द शर्मा र प्रवन्धक दिनेश ठाकुरले विभिन्न व्यक्तित्वहरुबाट सहयोग लिएर पत्रिका वितरकको मुहारमा खुशी ल्याउने काम गरेका छन् ।
शनिबार नेपालगञ्जबाट प्रकाशित हुने ‘क’ वर्गको कालपृष्ठ राष्ट्रिय दैनिकका ६ जना पत्रिका वितरकले त्यो राहत पाएका छन् । यद्यपि, यो विषयमा पत्रिका सञ्चालकलाई थाहा छैन । पत्रिका वितरकलाई लोकप्रिय सन्देशले राहत दिने अभियान चलाएपछि त्यसमा जोडिएर कालपृष्ठका ६ जना पत्रिका वितरकले राहत लिएका हुन् । यसअघि सद्भाव दैनिक, लोकप्रिय सन्देश, हाम्रो संरचनाका पत्रिका वितरकले राहत लिइसकेका छन् । प्रवन्धक ठाकुरका अनुसार, अहिलेसम्म १७ जना पत्रिका वितरकलाई राहत दिइसकिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दीपक बर्माको सहयोगबाट आज ६ जना पत्रिका वितरकलाई राहत दिइएको थियो । राहतमा प्रतिब्यक्ति १० किलो चामल, दुई किलो आलु, एक किलो नुन, एक लिटर तेल, एक किलो दाल, एक किलो प्याज र एउटा सावुन रहेको छ । मिडिया हाउसका कर्मचारीलाई सहयोग गर्न पाउँदा वडाध्यक्ष बर्मा त खुशी हुनु भयो नै, पत्रिका वितरक पनि राहत पाउँदा गदगद भएका छन् । लोकप्रिय दैनिकका प्रवन्धक ठाकुरले अरु पत्रिकाका पत्रिका वितरकलाई पनि राहत दिइने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !