निमुखाको चुल्हो बाल्दै नमुना

नेपालगञ्ज – लकडाउनको शुरुवाती चरणमै प्रदेश सांसद केसी नमुनाले ‘कोभिड–१९ राहत कोष स्थापना गर्नुभयो । त्यसमा आफैले ५० हजार राख्नुभयो ।
गरीव, विपन्नवर्गका लागि निस्वार्थ भावनाले थालिएको अभियानमा सहयोगी हातहरु थपिदै गए । मनकारीहरु जोडिदै जादा राहत कोष बढ्दै गयो । निमुखा र दैनिक ज्यालादारी काम गरेर खानेको अनुहार सम्झिदै यहाँका चल्ताफूर्ता ‘व्यक्तित्व’ हरु जोडिएनन् मात्रै आफै राहत वितरण गर्न निस्किए ।
दुई दिनदेखि राहत कोषमा जोडिएका मनकारीहरु गाउँगाउँमा पुगेर राहत वितरण गरिरहेका छन् । सरकारको एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति अनुसार स्थानीय सरकारमार्फत गरीव, विपन्न वर्गको चुल्हो बोल्ने काम गरिएको छ ।
एक सदस्य भीम रानाभाटका अनुसार, कोषबाट दश क्वीन्टल चामल, दुई क्वीन्टल दाल, एक क्वीन्टल नुन, सय लिटर तेल र एक सय ३५ पिस हात धुने साबुव दिइएको छ । सबै पालिकाका एउटै मापदण्ड बनाइएको छ ।
बिहीबार कोहलपुर नगरपालिका, बैजनाथ, जानकी गाउँपालिकामा वितरण गरिएको छ । खजुरा गाउँपालिकामा पनि आजै दिइने तयारी हुँदैछ । बुधबार नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा वितरण गरिएको थियो । भोली नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकालाई दिइदैछ ।
रानाभाटसहित सञ्जय थापा, विजया धिताल, सूर्यप्रकाश घर्ति, धनीराम वली, रुद्र सुवेदीलगायतले पालिका प्रमुखहरुलाई राहत वितरण गर्नु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !