अन्ततः दशगजामै टाँगियो टेन्ट

नेपालगञ्ज – नेपालगञ्ज नाका जमुनाहामा रहेका एक सय ७९ जना नेपालीलाई दशगजामै टेन्ट टाँगेर राखिने भएको छ ।
भारतका विभिन्न ठाउँबाट घर फर्किएका उनीहरु नाकामा अलपत्र रहदै आएका छन् । कहिले रुपैडिहा, कहिले जयसपुरस्थित सुख्खा बन्दरगाह त कहिले जमुनाहाकै दशगजामा रात बिताएका उनीहरुलाई अन्ततः स्थानीय प्रशासनले दशगजामै व्यवस्थित तरिकाले राख्ने भएको हो ।


नेपाल र भारतका अधिकारीहरुले भारतमा लगेर व्यवस्थित तरिकाले राख्ने सहमति गरे अनुसार लैजाने तयारी हुँदा उनीहरुले मानेका थिएनन् । नेपाल आइसकेकाले आफ्नै भूमिमा बस्ने उनीहरुको अडान रहदै आएको थियो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले अन्ततः उनीहरुलाई दशगजामै टेन्ट टाँगेर राख्ने निष्कर्ष निकाल्नु भएको हो । अहिले दशगजामा ४१ वटा टेन्ट टाँग्ने काम भइरहेको छ । प्रजिअ खड्कासहितको सुरक्षा अधिकारीहरु नाकामै रहेका छन् ।
टेन्टमा राखेर स्वास्थ्य जाँच गर्ने र १४ दिनेपछि उनीहरुलाई घर जाने व्यवस्था मिलाउने तयारी भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !