भण्डारीले गरे २६ घरपरिवारलाई सहयोग

नेपालगञ्ज – बैदेशिक रोजगारीको सिलसिलामा साउदीअरवको बिञ्जागर कम्पनी कार्यरत बाँकेको खजुरा गाउँपालिका ४ ई गाउँका धनसिंह भण्डारीले लक डाउनका कारण समस्यामा परेका गाउँका विपन्न घर परिवारलाई सहयोग गर्नुभएको छ ।
भण्डारीले ईगाँउ र बैजनाथ गाउँपालिका पलौतीपुरका गरि २६ घर परिवारलाई सहयोग गर्नुभएको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने ब्यक्तिहरुको लकडाउनको समयमा चुल्हो बल्न सहयोग पुगोस् भनेर आफुले सहयोग गरेको भण्डारीले बताउनुभयो । स्थानीय अगुवा तथा समाजसेवीहरुको उपस्थितिमा प्रति घरपरिवार १० किलो चामल, अढाई किलो आलु, २ किलो नुन, एक किलो नुन , २ पोका खाने तेल र एक किलो दाल सहयोग गरिएको हो ।
स्थानीय देवराम विसी, रुपसिंह भण्डारी, शेरबहादुर विसी, झुपवहादुर भण्डारी, उज्वल विसीलगायतको सहभागितामा राहत वितरण गरिएको थियो । सो अवसरमा वैदेशिक रोजगारीमा रहेर गाउँको विपन्न घरपरिवारलाई सहयोग गरेको भन्दै स्थानीयले भण्डारीलाई सम्मान गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !