प्रहरीले ‘चिट’ काटेपछि…

नेपालगञ्ज – प्रहरीले ‘चेकिङ’मा कडाई गरेपछि अटोरिक्सा चालकले आन्दोलन गरेका छन् ।
बाँके प्रहरीले अटोरिक्सालाई व्यवस्थित गर्न अभियान नै थालेर लाइसेन्स जाँच गर्ने, क्षमता भन्दा बढी यात्रु राखे÷नराखेको, अगाडि यात्रु बसाए÷नबसाएको हेरेर ‘चिट’ काट्न थालेपछि अटोरिक्सा चालकहरु आन्दोलनमा उत्रिएका हुन् । प्रहरीले लाइसेन्स नभएका, यात्रु बढी बसाएकालाई दिनभरी नियन्त्रणमा लिएर साँझ पाँच सय रुपैया जरिवाना तिराएर छोड्ने गरेको थियो ।
दिनभरीमा केही पैसा कमाइ हुने र त्यो पनि प्रहरीले लगिदिने भन्दै अटोरिक्सा चालकले आन्दोलन गर्दै वीपीचोकमा सडक जाम गरेका थिए । चक्काजाम पछि प्रहरीले केही दिनका लागि अटोरिक्सा जाँच अभियानलाई कडाईका साथ नलैजाने मौखिक सहमति गरेको छ । सहमति पछि अटोरिक्सा चालकले बाटो खोलाएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !