ब्यारेकको काम गर्दा करेन्ट लागेर ढले सोहनलाल

नेपालगञ्ज – कौशिलानगरस्थित नेपाली सेनाको भवन बनाउने क्रममा करेन्ट लागेर सोहनलाल थारुको मृत्यु भएको छ ।
नेपाली सेनाको शिक्षालय परिसर नजिक सामुदायिक वनभित्र बनिरहेको नयाँ भवनमा काम गरिरहेका ५० वर्षका थारुको करेन्ट लागेर मृत्यु भएको हो । भवनको जग खन्ने बेलामा बनेको खाल्डोमा रहेको पानी फाल्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । थारुले मोटर चलाएर पानी फालिरहेका थिए । एउटा खाल्डोबाट अर्को खाल्डोमा पानी फाल्ने क्रममा प्लाष्टिकले बाँधेको मोटरको तार समात्न पुग्दा थारुलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय, कोहलपुरले जनाएको छ ।
थारुले केही दिनदेखि काम गरिरहेका थिए । कोहलपुर–२ का थारुलाई करेन्ट लागेको धेरैबेरपछि अरुले थाहा पाएका थिए । घटना थाहा पाएपछि प्रहरीको टोलीले शवलाई उठाएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !