एसइइ स्थगित
नेपालगञ्ज – सरकारले एसइइ परीक्षा स्थगित गरेको छ ।
नेकपा सचिवालय समितिको बैठकको आग्रहपछि सरकारले बुधबार साँझ यो निर्णय गरेको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले यो निर्णय गरेको हो ।
यसअघि सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन निर्देशन जारी गरेको छ ।
सबै शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।