बन्ने भो गौशाला

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिकामा गौशाला निर्माणको प्रक्रिया शुरु भएको छ ।
गाउँपालिकाको वडा नम्बर ५, मोतिपुरमा ७ करोडको लागतमा बन्ने गौशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सहितको प्रस्तावना जिल्ला समन्वय समिति, बाँकेले गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तव र जिल्ला समन्वय अधिकारी वीरेन्द्रदेव भारतीले गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई मंगलबार प्रस्तावना हस्तान्तरण गर्नुभएको हो । योसँगै नरैनापुर गाउँपालिकाले अब गौशाला निर्माणको काम अघि बढाउनेछ । छिट्टै टेण्डर आह्वान गरेर गौशाला निर्माण थालिने गाउँपालिकाका अध्यक्ष शाहले वताउनुभयो ।
२० बिगाहा क्षेत्रफलमा यो गौशाला बनेसंँगै जिल्लामा छाडा पशुचौपाया व्यवस्थापन गर्न निकै सहज हुनेछ । जिल्लामा छाडा पशुचौपाया गम्भीर समस्याका रुपमा देखिएपछि जिल्ला समन्वय समितिले गौशाला निर्माणका लागि ७ करोड रुपैयाँ छुट्याएको जिल्ला समन्वय समिति सदस्य चेत बहादुर घर्तीले बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !