सुटिङमा मल्ल

नेपालगञ्ज – रमेशकुमार मल्लको अध्यक्षतामा बाँके जिल्ला सुटिङ संघको नयाँ कार्यसमिति चयन भएको छ ।
नेपालगञ्जमा भएको नवौं साधारण सभाबाट मल्लको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । आगामी महिना काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन गरिएको छ । संघको उपाध्यक्षमा आशा थापा बिष्ट, सचिवमा बदरुद्दिन अन्सारी, सहसचिवमा सुरेन्द्र सिंह सरदार र कोषाध्यक्षमा अरुण बिक्रम शाह रहनु भएको छ ।
सदस्यहरुमा नरेन्द्र थापा, पप्पु मुसलमान, सुभाष सिंह श्रेष्ठ, पंचम गुरुङ, राजकुमार चन्द, दिपक मल्ल रहनु भएको छ । निबर्तमान अध्यक्ष रोहित टण्डन, ओलम्पियन पार्बती थापा र प्रशिक्षक राजेन्द्र सिंह सल्लाहकार रहनु भएको छ । निबर्तमान अध्यक्ष टण्डनको सभापतित्वमा भएको कार्यक्रमको जिल्ला खेलकुद बिकास समिति, बाँकेका अध्यक्ष आतंक बस्नेतको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !