होली नखेल्न प्रहरीको माइकिङ, प्रशासनको अनुरोध

नेपालगञ्ज – होली नखेल्न बाँके प्रहरीले माइकिङ गरेको छ ।
कोरोना भाइरसको जोखिमप्रति सचेत रहन भन्दै प्रहरीले होली नखेल्न अनुरोध गरेको हो । बाँके प्रहरी प्रवक्ता शिवबहादुर सिंहका अनुसार, जिल्लाभरी नै प्रहरीले माइकिङ गरेको छ । प्रहरीले भीडभाड हुने गरी होली नखेल्न, ट्राफिक नियम उल्लंघन नगर्न अनुरोध गरेको छ ।
नेपालगञ्ज, खजुरा, कोहलपुरमात्रै होइन, जिल्लाभरी नै माइकिङ गरिरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो ।
यता, जिल्ला प्रशासन कार्यालय, बाँकेले भीडभाड हुने गरी होली नखेल्न अनुरोध गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले होलीलगायत मेला, महोत्सवका कार्यक्रमहरु नगर्न अनुरोध गर्नुभयो ।
नेपाल पत्रकार महासंघ, नेकपालगायत विभिन्न संघ संस्थाले भीडभाड हुने गरी होलीलगायत कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेका छन् । विश्वमा आतंक मच्चाएको कोरोना भाइरसप्रति सचेत रहन जिल्लाका विभिन्न गतिविधिहरु भइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !