बाँकेमा १७ हजार मतदाता थपिए

नेपालगन्ज – बाँकेमा १७ हजार मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय, बाँकेका प्रमुख टेकबहादुर शाहीले जिल्लामा १७ हजार ५ सय ५ जना मतदाता थपिएकाे जानकारी दिए । जिल्लामा अब मतदाताकाे संख्या ३ लाख ५१ हजार ४ सय ३९ पुगेकाे छ ।
बाँकेमा ३ वटा निर्वाचन क्षेत्र छन् । क्षेत्र नम्बर १ मा १ लाख २१ हजार ५ सय ३१, क्षेत्र नम्बर २ मा ९८ हजार ५ सय १२ र क्षेत्र नम्बर ३ मा १ लाख १३ हजार ८ सय ९१ मतदाता छन् ।
निर्वाचन कार्यालयका प्रमुख शाहीले जिल्लामा मतदातास्थल र केन्द्र पनि थपिएकाे बताए । १ सय ३८ मतदानस्थल रहेकाे बाँकेमा एउटा मतदानस्थल थपिएकाे छ । ३ सय ८० वटा मतदान केन्द्र रहेकाे बाँकेमा अब ४ सय ३ वटा मतदान केन्द्र भएकाे छ । अहिलेसम्म काेहलपुर नगरपालिकाकाे वडा नम्बर ८ र ९, खजुरा गाउँपालिकाकाे वडा नम्बर ७ र राप्तीसाेनारी गाउँपालिकाकाे वडा नम्बर २ काे मतदान केन्द्र अपायक भएकाले सार्न निवेदन दिइएकाे छ ।
जिल्लामा २ सय ४१ वटा निवेदन त्रुटी सच्याउन र ४ सय ६८ वटा निवेदन अाद्यवधिक गर्नका लागि परेकाे छ ।
कार्यालयले दाेहाेराे नाम भएका ९ सय ५४ जनाकाे नाम हटाएकाे छ ।











