एमालेले रुपाको घर बनाईदिने

नेपालगन्ज – नेकपा एमालेले खजुरा गाउँपालिका वडा नम्बर ४, बुद्धपुरस्थित जेष्ठ नागरिक रुपा कामीको घर निर्माण गरिदिने भएको छ ।

पार्टीले सञ्चालन गरिरहेको जरा अभियान अन्तर्गत बर्षा अगावै नयाँ घर निर्माण गरि हस्तान्तरण गर्ने नेकपा एमाले बाँकेका जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज निर्मल खनालले जानकारी दिनुभयो । बिहीबार जरा अभियान अन्तर्गत बुद्धपुर–चल्तुवा टोल कमिटीको बैठकपछि एमाले जिल्ला सल्लाहकार परिषदका सचिव देबराम बिसी, जिल्ला कमिटी सदस्य खनाल, पालिका कमिटीका सचिव रोशन शाही, वडा कमिटीका अध्यक्ष लोकबहादुर खत्री, नेता देबबहादुर रायकाय, टोल कमिटीका अध्यक्ष रिमा राना, नेता देबबहादुर रोकाय सहितको टोली घरमै पुगेर घर निर्माणको प्रतिवद्धता जनाएपछि रुपा खुशी हुनुभएको छ । उहाँले जीर्ण कच्चि घर गतबर्ष बर्षातको समयमा क्षति पुगेपछि आफु समस्यामा परेको भन्दै एमाले नेताहरु घरमै पुगेर घर निर्माण गरिदिने प्रतिवद्धता जनाएकाले आफ्ना दुखका दिन सकिने बताउनुभयो । एमालेले नेता कार्यकर्ताबाट सहयोग जुटाएर रुपाको घर निर्माण गरिदिन लागेको हो ।
जरा अभियान अन्तर्गत बिहीबार खजुरा ४ को बुद्धपुरमा टोल कमिटीका अध्यक्ष रिमा राना, एफगाउँमा टोल कमिटीका अध्यक्ष मिना सुनार र ईगाउँ माथिल्लो लाईनमा टोल कमिटीका अध्यक्ष मिना बिकको अध्यक्षतामा बैठक बसि सदस्यता नवीकरण र नयाँ सदस्यता तथा सामाजिक अभियान चलाउने निर्णय गरेको छ ।

बुद्धपुर टोल कमिटीले  अम्बेमाता प्राविमा सरसफाई कार्यक्रम गर्ने र एफगाउँ र ईगाउँ टोल कमिटीले किरण भवानी मन्दिरमा सरसफाई कार्यक्रम गर्ने भएका छन् ।  यसैगरी टोल कमिटीका पदाधिकारी र सदस्यहरुका लागि फागुन २९ गते प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !