शनिबार बाँके एमटीबी रेस
नेपालगन्ज – नेपालगन्ज बाइसाइकलले बाँके एमटीबी रेस आयाेजना गर्ने भएकाे छ ।
साइक्लिङ खेलकाे विकास गर्ने उद्देश्यले फाल्गुन २४ गते शनिबार रेसकाे आयाेजना गर्न थालिएकाे हाे ।
आयाेजक गगन थापाका अनुसार, डुडुवा गाउँपालिका वार्ड नं ५ स्थित बाबुकुवा सामुदायिक वनको सिद्धिविनायक एमटीबी रेस ट्रयाकमा खेल खेलाइन्छ । जसको लम्बाई ५ किलोमिटर रहेको छ । विभिन्न ५ विधामा यो खेल गराइने छ । जूनियर ब्वाइज, इलिट मेल, इलिट फिमेल, मास्टर मेल र भेटेरान मेल रहेका छन् । सबै विधामा गरेर करिव ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । यो खेल माउन्टेन बाइसाइकलिङको क्रस कन्ट्री फर्मेटमा खेलाइने छ ।
५ किलोमिटरको रेस ट्रयाकमा क्याटाेगरी अनुसार २ देखि ४ ल्याप निर्धारण गरिएको छ । यो खेल सम्पन्न गर्न डुडुवा गाउँपालिका, नेपाली सेनाकाे श्री नं ४ बाहिनी अड्डा, बाँके जिल्ला साइक्लिङ संघ, नेपालगन्ज साइक्लिङ क्लव, धारा नेपालगन्ज म्याराथन, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, नेक्सस इनर्जी, ईभी नेपालले सहकार्य गरेको छ ।