फाेनिजलाई सम्मान
नेपालगन्ज – भर्खरै सम्पन्न नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँकेका निर्वाचित कार्यसमितिलाई नेपाल आदिवासी जनजाती युवा महासंघ, बाँकेले सम्मान गरेको छ ।
सम्मान तथा धन्यवाद कार्यक्रमका संयोजक जनक पहराई मगरको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाती महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुर थापा, अतिथि नेपाल तामाङ घेधुङ, बांकेका अध्यक्ष सरोज तामाङ, सामुदायिक प्रहरी सेवा केन्द्र, बांकेका अध्यक्ष दिपेन्द्र जोशी , नेपाल मगर संघ उपमहानगरपालिकाका अध्यक्ष राजन राना मगर, उपाध्यक्ष बिना थापा मगर, नेपाल मगर संघ नेपालगन्ज वडा कमेटी १ का अध्यक्ष बिरेन्द्र राना मगर, नेपालगन्ज उधोग वाणिज्य संघ निवर्तमान सदस्य तथा नेपालगन्जका सफल व्यावसायी समाजसेवी बिस्णु प्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियोे ।
गत फागुन २ गते भएको महाधिवेशनबाट निर्वाचित नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बाँकेेका अध्यक्ष अशोक थापा मगर लगायत कार्यसमितिलाई सम्मान सँगै फोनिजमा आबद्ध पत्रकारहरुले आदिवासी जनजातीहरुको लुकेको प्रतिभा, पहिचान र संस्कार संस्कृतिको पक्षमा डटेर कलम चलाउन नेपाल आदिवासी जनजाती युवा महासंघ, बाँकेका अध्यक्ष जनक पहराई मगरले जानकारी दिनुभयो ।
जनजाती हितमा सदैव अग्रसर भएको अगाडि लाग्ने जनजाती पत्रकार संगठन फोनिज बाँकेले आगामी दिनमा पनि निरन्तर आदिवासीको हकहितमा आवाज उठाउनु पर्ने भन्दै नेपाल आदिवासी जनजाती महासंघ, बाँकेका अध्यक्ष डम्बर बहादुर थापाले सुझाव दिएका थिए ।
आदिवासीहरु अहिलेसम्म हरेकक्षेत्रमा पिछडिएको स्थितिमा रहेको भन्दै अघि बढ्नका लागि एकजुट भएर लाग्नुपर्ने र आदिबासीहरुको पहिचान, उत्थान र विकासमा अग्रणी भूमिका खेल्नु पर्ने आदिवासी जनजाती महासंघ बाँकेका सचिव तथा नेपाल मगर संघ बाँकेको नेपालगन्ज उपमहानगरपालिका नगर अध्यक्ष राजन राना मगरले बताउनुभयो ।
सम्मान तथा धन्यवाद कार्यक्रमको संचालक इन्जिनियर छिनिङ लाल थापा मगरले गर्नु भएको थियोे ।