डा. शेखर कोइरालालाई बाँकेमा भब्य स्वागत
(बसन्त कुमार उपाध्याय)
नेपालगन्ज – नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालालाई शनिबार साँझ नेपालगन्जस्थित राँझा विमानस्थलमा बाँकेमा नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
सयौंको संख्यामा विमानस्थलमा पुगेका बाँके काँग्रेस नेता तथा कार्यकर्ताहरुले डा.कोइरालालाई भव्य स्वागत गरेका हुन् ।
कार्यकर्ता भेटघाटका लागि स्थानीय एक होटलमा काँग्रेसका पूर्व सभापति गजेन्द्र हमालले नेता डा.कोइरालासँग भेट गरेका छन् ।
भेटमा आगामी महाधिवेशनमा सँगै मिलेर अघि जाने विषयमा छलफल भएको थियो ।
साथै कार्कर्ता भेटघाटमा नेता कोइरालाले आइतबार राप्तीसोनारी गाउँपालिकाको तेस्रो पालिका सम्मेलनको उद्घाटन गर्ने छन् । त्यसैगरी सोमबार ’नागरिक म बनाउँछु नेपाल’ कार्यक्रमलाई मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने छन् ।
बाँके काँग्रेस कार्यकर्ताहरुले डा.कोइरालालाई नेपालगन्जमा काँग्रेस सभापति रहँदा सुशील कोइरालालाई झैं स्वागत गरेको देखियो ।