राप्तीमा पानीकाे सतह बढ्दाे, सतर्क रहन अाग्रह

नेपालगन्ज – राप्ती नदीमा पानीकाे सतह बढिरहेकाे छ । दिउंसाे एक बजे नै पानीकाे सतह ७ मिटर पार गरेकाले बाढीकाे खतरा बढेकाे छ ।

जिल्ला प्रशासन कार्यालय, बांकेले कुसुम जलमापन केन्द्रमा एक बजेर ५ मिनेट जादा पानीकाे सतह ७ मिटर खतरा नजिक पुगेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेकाे छ ।

कुसुममा मापन भएकाे जलसतह बाढीग्रस्त मानिने हाेलिया, बेतहनी, नरैनापुर अाइपुग्न ४/५ घण्टा लाग्ने गर्दछ । प्रशासन बाढी अाइपुग्न अघि नै तटीय क्षेत्रका बासिन्दालाई सचेत गराएकाे हाे ।

बाढी अाउदा काठ दाउरा बगाएर ल्याउने र त्यसलाई टिप्न जाेखिम माेलेर नदीमा जाने गरिन्छ । दाउराकाे लाेभमा नदीमा नजान प्रशासनले अाग्रह गरेकाे छ ।

राप्ती नदीले धार परिवर्तन गरेपछि नदीमा ८ मिटर पानीकाे सतह पुगेपछि बल्ल बाढी पस्ने स्थानीयले बताएका छन् । नदीमा जल सतह बढिरहदा जिल्ला विपद व्यवस्थापन समितिले सुरक्षाकर्मी तयारी अवस्थामा राखेकाे जनाएकाे छ ।

लामाे समयपछि जिल्लामा केही दिनदेखि निरन्तर पानी परिरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !