पाेल ढले, विद्युत गायव


नेपालगन्ज – हावाहुरीले विद्युतकाे पाेलमा क्षति पुर्याउदा नेपालगन्जमा बिद्युत अवरुद्ध भएकाे छ ।
गएराती अाएकाे हावाहुरीले दुई दर्जन बढी पाेलमा क्षति पुर्याएकाले विद्युत अवरुद्ध भएकाे नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जानकारी दिएकाे छ ।
नेपालगन्जमा रातभरी बत्ती छैन । हावाहुरीसंगै थाेरै वर्षा भएकाले राहत महसुस भएपनि बत्ती नहुंदा खाने पानीकाे समस्या भएकाे छ ।
विद्युत कार्यालयले काेहलपुर-नेपालगन्ज खणडकाे गनापुरमा एउटा रुख बीचमा परेकाले ठूलाे समस्या भएकाे र त्यसलाई पन्छाउने काम भइरहेकाे जनाएकाे छ ।
केही समय अघि पनि हावाहुरी अाउदा यहांका सय बढी पाेलमा क्षति पुगेकाे थियाे । सनमान्य हावाहुरीले ढल्ने गरि पाेलका संरचना बनाउनेलाई छानबिनकाे दायरामा ल्याउनु पर्ने माग उठ्दै अाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !