अाइपीभी खाेप अभियान शुरु
नेपालगन्ज – बांकेमा अाजदेखि पोलियोविरुद्धको आइपीभी खोप अभियान सञ्चालन गरिएकाे छ ।
वि.सं. २०७३ बैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई खाेप दिइएकाे छ ।
स्वास्थ्य कार्यालय, बाँकेका फाेकलपर्सन नरेश श्रेष्ठका अनुसार, जिल्लामा ३५ हजार ७ सय ५ बालबालिकालाई खोप दिन शुरु गरिएकाे छ । जेठ १८ गतेसम्म अभियान चलाउने र छुटेको पाइएमा २४ गतेसम्म नै खोप लगाउने तयारी गरिएको छ ।
जिल्लामा २ सय ४३ खोप केन्द्रमा एक-एक जना खोप लगाउने व्यक्ति र ४ सय ८६ जना स्वयंसेवक परिचालन गरिएकाे छ । आइपीभी खोप १४ हप्ता र ९ महिना उमेरका बालबालिकालाई लगाइन्छ । यो उमेरमा छुटेमा ५ वर्षभित्र ४-४ महिनाको फरकमा खोप लगाइन्छ ।