युनियनकाे दिवसमा फुटसल
नेपालगन्ज – नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालगन्जमा मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।
नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपूर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीले प्रतिस्पर्धा गरेका थिए । स्थापना दिवसको अवसरमा आइतबार युनियन बाँके शाखाले जिल्लामा क्रियाशील सम्पूर्ण पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण शिविरको आयोजना गरेको छ ।
शनिबार बिहान बागेश्वरी फुटसल एण्ड स्पोटर््स हब नेपालगन्जमा भएको खेलमा महिला उद्यमी र महिला पत्रकारले टिमले १–१ गोलकाे बराबरी खेलेका छन् ।
महिला पत्रकार तर्फबाट साबित्री गिरी र महिला उद्यमीको तर्फबाट मिना चौधरीले गरेका थिए ।
यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेसँग आवद्ध स्वास्थ्यकर्मीबिच अर्को मैत्रीपूर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले पराजित गरेकाे छ । स्वास्थ्यकर्मीको तर्फबाट डा.रुवेन साहुले २ गोल, शिशिर थापा, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १–१ गाेल गरेका थिए ।
शनिबार मैत्रीपूर्ण फुटसल खेलको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले गरेका थिए । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्त्व्य राखेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो ।