चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद


नेपालगन्ज – बाँके प्रहरीले चार सय पिस स्क्रीन टच मोबाइल डिस्प्ले बरामद गरेको छ ।
बसपार्कमा खटिएको प्रहरीले मोटरसाइकलमा रहेका शंकास्पद व्यक्तिको पिछा गर्दै जादा करिव ८ लाख मूल्यको स्क्रीन टच मोबाइल डिस्प्ले बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो । प्रहरीले पिछा गरेपछि मोटरसाइकलमा रहेका व्यक्ति बोरा फालेर भागेका थिए । सामान कसको हो भन्ने खुलेको छैन । सामान भारतबाट भन्सार छलेर ल्याएको प्रहरीले निष्कर्ष निकालेको छ ।
प्रहरी बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा पठाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !