स्रोत नखुलेको ठूलो रकम बरामद, पैसा गन्दै प्रहरी


नेपालगञ्ज – बाँके प्रहरीले स्रोत नखुलेको ठूलो रकम बरामद गरेको छ ।
नेपालगञ्जका दुई होटलमा छापा मारेर स्रोत नखुलेको ठूलो रकम बरामद गरेको हो । बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले पैसा धेरै रहेको र गनिरहेको जानकारी दिनुभयो । प्रहरीले पैसासँगै केही व्यक्तिलाई पनि पक्राउ गरेको छ ।
बाँके प्रहरीले हिजो मात्रै ३८ लाख ६३ हजार रुपैयासहित तीन जनालाई पक्राउ गरेको थियो । बर्दियाकी पूर्णिमा चौधरी, अनुप थारु र नेपालगञ्जका हसिव अहमद जसगढी पक्राउ परेका थिए । हिजो र आज ठूलो रकमसहित केही व्यक्ति परेको घटनाले नेपालगञ्जमा हुण्डी कारोबार हुने गरेको आशंका गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी बोहराले हुण्डी नै प्रमाणित नभएको र अहिलेलाई स्रोत नखुलेको रकम भन्न मिल्ने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !