६ बोरा ब्रोइलर कुखुराको मासु बरामद


नेपालगञ्ज – बाँके प्रहरीले ६ वटा जुटको बोराभित्र रहेको २ सय ९१ किलो ब्रोइलर कुखुराको मासु बरामद गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, धम्बोझीस्थित घनश्याम सोनकरले सञ्चालन गरेको प्रदीप मासु पसलबाट प्रहरीले मासु बरामद गरेको हो । छाला र हड्डी फालिएको मासु बरामद भएको बाँके प्रहरीका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार, मासु अवैध रहेकाले बरामद गरिएको हो । आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको छ ।
मासु भारतबाट ल्याएको आशंका गरिएको छ । खुल्ला नाका रहेकाले नेपालगञ्जमात्रै नभएर जिल्लाभरी नै भारतबाट ब्रोइलर कुखुरा र तयारी मासु ल्याउने गरेको पाइन्छ । जुन कार्यको यहाँका कुखुरा पाल्ने किसानले विरोध गर्दै आइरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !