प्रथम कन्सल्टेन्सी फुटसलको उपाधी मानवीलाई


नेपालगञ्ज – प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियोगिताको उपाधी मानवी फुटबल क्लब नेपालगञ्जले जितेको छ।
आइतवार नेपालगञ्जको आदर्शनगरस्थित बागेश्वरी फुटसल मैदानमा सम्पन्न फाइनल खेलमा कोहलपुर-११ लाई एकको बिरुद्ध छ गोलले पराजित गर्दै मानवी क्लबले उपाधी जितेको हो। उपाधीसंगै मानवीले नगद ३० हजार र उपबिजेता कोहलपुर-११ ले नगद १५ हजार सहित पदक र कप प्राप्त गरे। मानवी क्लबका सन्तोष महतरा प्रतियाेगिताकाे उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै प्रतियोगिता अवधिभर १६ गोल गरेका भुपेन्द्र शाही ठकुरी सर्बाधिक गोलकर्ता भए भने गोकर्ण पुनमगर उत्कृष्ट गोलरक्षक घोषित भए।
बिजयी खेलाडीहरुलाई रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणी अधिकारी, सबिन घिमिरे, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य नरेन्द्र थापा, सेफका अभिषेक नेपाली, फुटबल प्रशिक्षक जनक केसीलगायतले पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरेका थिए। प्रतियोगितामा २४ वटा टोलीको सहभागिता रहेको थियो।


error: यो सुविधा उपलब्ध छैन !