महासमिति सदस्यबाट पूर्वमन्त्री हमालको राजीनामा

नेपालगञ्ज – नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ बाट महासमिति सदस्य रहेका पूर्व मन्त्री गजेन्द्र हमालले आज लिखित रुपमा बाँके जिल्ला कार्यसमिति समक्ष राजीनामा दिएका छन् ।

पूर्व मन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दू राष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै पार्टीको महासमिति सदस्य पदबाट राजनीनामा दिने घोषणा गरेका थिए ।
आज नेपाली काँग्रेस बाँकेको कार्यालय पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् ।
बाँके क्षेत्र नं.२ बाट चौधौ महाधिवेशनसँगै महासमिति सदस्य निर्वाचित भएका हमालले फागुन ७ देखि १० गते सम्म चलेको महासमिति बैठकका दौरान हिन्दू राष्ट्र कायम हुनुपर्ने विषयमा महासमिति सदस्यहरुले चलाएको हस्ताक्षर अभियानले प्रवेश पाएपनि अाैपचारिक रुमा सम्बोधन नगरिएको भन्दै महासमिति पदमा बसिरहन उचित नभएकाले राजनीनामा दिएको राजीनामा पत्र बुझाएका छन् ।
५० प्रतिश भन्दा धेरै महासमिति सदस्यहरुको भावनालाई सम्बोधन नगरिएको भन्दै हमालले असहमति जनाउँदै आएका थिए ।
बाँके काँग्रेसका पूर्व सभापति समेत रहेका हमालले महासमिति बैठक शुरु हुनु पहिले हिन्दू राष्ट्र घोषणाको अभियानलाई पार्टीले साथ नदिए महासमिति सदस्यबाट राजीनामा दिने घोषणा गरिसकेका थिए।


error: यो सुविधा उपलब्ध छैन !