खेलाडी छनाैट गर्न जनकलाई जिम्मेवारी

जनक केसी

नेपालगञ्ज – प्रदेश खेलकुद परिषद लुम्विनीले फुटबल खेलाडी छनाैट, बन्द प्रशिक्षण गर्न लाेक पुनकाे संयाेेजकत्वमा तीन जनालाई कार्यभार दिएकाे छ । जसमा जनक केसी र यमबहादुर गुरुङ रहेका छन् ।

फाल्गुन २४ देखि ३० गतेसम्म बागमति प्रदेेश खेलकुद विकास परिषदकाे अायाेजनामा हुन थालेकाे अन्तर प्रदेश राष्ट्रिय खेलकुद- २०८० का लागि लुम्बिनीबाट फुटबल खेलाडी छनाैट र बन्द प्रशिक्षण गराउनका लागि तीन जनालाई जिम्मेवारी दिइएकाे हाे ।

फाल्गुन १० गते बसेकाे परिषदकाे कार्यकारी समितिकाे बैठकले उक्त निर्णय गरेकाे थियाे । परिषदसंग समन्वय गरि खेलाडी छनाैट र बन्द प्रशिक्षणलगायतका काम गर्न भनिएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !