किन राेजिन् निरजाले मृत्युकाे बाटाे ?

नेपालगञ्ज – नेपालगञ्जमा एक जना छात्राले अात्म हत्या गरेकी छन् ।

नेपालगञ्ज हेल्थ क्याम्पसमा पढ्ने १७ वर्षीया निरजा थारुले रुखमा झुन्डिएर अात्म हत्या गरेकाे बांके प्रहरीले बताएकाे छ ।

बांकेकाे बैजनाथ गाउंपालिका वडा नम्बर ८, टिटिहिरिया घर भएकी निरजा अादर्शनगरमा काेठा भाडामा बस्थिन् । अादर्शनगरकाे खेतमा रहेकाे रुखमा निरजा झुन्डिएको अवस्थामा फेला परेकी छन् ।

बांके प्रहरीले बिहान घटनास्थलमा पुगेर अनुसन्धान थालेकाे छ । प्रहरीले अनुसन्धानपछि मरेकाे वा मारेर झुण्याएकाे वास्तविकता अाउने जनाएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !