मलमपट्टीकाे निःशुल्क शिविर

नेपालगञ्ज – नेपालगञ्जस्थित मलमपट्टी क्लिनिकले आयोजना गरेको निः शुल्क शिविरमा ६८ जनाले सेवा लिएका छन् ।

खासगरी मेरुदण्डमा देखापर्ने समस्यालाई लक्षित गरि आयोजना गरिएको शिविरमा बाँके, बर्दिया, कैलाली, सुर्खेत लगायतका जिल्लाका विरामीले सेवा लिएको क्लिनिकका कार्यकारी अधिकृत शुलभ आचार्यले जानकारी दिनुभयो ।मेरुदण्डको समस्या विश्वमा नै शारीरिक अशक्तताको प्रमुख कारण बन्दै गइरहेको अवस्थामा उक्त समस्याको पहिचान, उपचार र निदानमा टेवा पुगोस् भन्ने उद्देश्यले हाडजोर्नी रोग विशेषज्ञ डा.प्रकाश थापाद्धारा सेवा प्रदान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

मेरुदण्डको समस्या सँगसँगै कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, वाथ रोग र हड्डी खिइएको लगायतका समस्या भएका बिरामीले सेवा लिएका थिए ।

शिविरमा डा.थापाले बिरामीको स्वास्थ्य चेकजाँच गर्नुका साथै बिरामीका आफन्तहरुलाई परामर्श सेवा समेत प्रदान गर्नुभएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !