प्रथम कन्सल्टेन्सी फुटसल शुरु

नेपालगञ्ज – नेपालगञ्जमा प्रथम कन्सल्टेन्सी खुल्ला फुटसल प्रतियाेगिता शुरु भएकाे छ ।

अशाेक केसीलगायतका युवाले अादर्शनगरमा रहेकाे बागेश्वरी फुटसल मैदानमा प्रतियाेगिता अायाेजना गरेका हुन् ।

प्रतियाेगितामा २४ वटा टीमले भाग लिएका छन् । प्रतियाेगिताकाे नेपालगञ्ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनाेडिया, राेयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, फुटबल प्रशिक्षक जनक केसीलगायतले रेफ्री मनिष थापालाई बल हस्तान्तरण गरेर उद्घाटन गरे ।

उद्घाटन खेलमा न्यूराेडमा रहेकाे नेपालगञ्ज फुटसलका मेम्मरसीप सम्मिलित पुष्पलालचाेक टीमले बागेश्वरी फुटसलकाे सांझ ७-८ बजेकाे मेम्मरसीप टीमलाई ५-२ गाेलले पराजित गरेकाे छ ।

दुई दिनसम्म चल्ने प्रतियाेगितामा बिजेतालाई ३० हजार, सर्टिफिकेट, मेडल र ट्रफी, द्वितियलाई १५ हजार, सर्टिफिकेट, मेडल र ट्रफी पुरस्कार राखिएकाे छ । बेष्ट किपर, बेष्ट प्लेयर र उच्च स्काेर गर्नेलाई दुई/दुई हजार पुरस्कार दिने अायाेजकले बताएकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !