महिला राष्ट्रिय टी-२० प्रतियोगिताको उपाधि सुदूरलाई


काेहलपुर – सुशील कोइराला मेमोरियल अन्डर–१९ राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।

कोहलपुर नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा सुदूरपश्चिमले कोहलपुर मेयर–११ लाई २ विकेटले पराजित ग¥यो । उपाधिसँगै सुदूरपश्चिमले एकलाख रुपैयाँ हात पा¥यो । सुदूरले समूह चरणको खेलमा कोहलपुर मेयर–११सँग हारको बदला पनि लियो ।

कोहलपुर क्रिकेट रंगशालामा सम्पन्न फाइनलमा कोहलपुरमेयर–११ ले दिएको १०३ रनको लक्ष्य सुदूरपश्चिमले ८ विकेट गुमाएर पूरा गर्याे। अन्तिम बलमा १ रन आवस्यक हुँदा हिसिला खड्काले चौका प्रहार गर्दै सुदूरपश्चिमलाई जित दिलाइन् । सुदूरपश्चिमको लागि ओपनर मनिषा बोहराले सर्वाधिक ४१ रन बनाइन्। प्लेयर अफ द म्याच घोषित बोहराले ४१ बलमा ५चौका प्रहार गरिन्। कप्तान स्नेहा महराले १६ रन, निलम पाण्डेले ९ रन, रबिना साउद रअनु कडायतले समान ८ रन तथा हिसिला खड्काले अविजित ६ रन बनाइन् ।

यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०२ रन बनायो । कोहलपुरको लागि कप्तान सना प्रविनले सर्वाधिक ४१ रन बनाइन् । अविजित रहँदै प्रविनले ५४ बलमा ३ चौका मद्दतले ४१ रन बनाइन् । रिया शर्माले अविजित १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाइन्। सुदूरपश्चिमको बलिंगमा अनु कडायत र स्नेहा महराले २-२ विकेट लिए। अनुले ४ ओभरमा २८ रन तथा स्नेहाले ४ ओभरमा १ मेडन गर्दै ८ रन खर्चिन्। उपाधि सहित सुदूरपश्चिम प्रदेशले एक लाख रुपैयाँ हात पा¥यो । उपविजेता कोहलपुर मेयर–११ ले पचास हजार रुपैयाँ पायो । प्रतियोगिताकै उत्कृस्ट खेलाडी कोहलपुर मेयर–११ कि कप्तान सना प्रविन घोषित भइन्  । उनले १५ हजार रुपैयाँ हात पारिन् । उत्कृस्ट बलर गण्डकी प्रदेशकी रचना चौधरी तथा उत्कृस्ट ब्याटर कोहलपुर मेयर–११ कि सना प्रविन घोषित भइन् । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान प्रतिभा सुदूरपश्चिम प्रदेशकी सावित्री धामी घोषित भइन्। समापन समारोहका प्रमुख अतिथिनेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द तथा कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदीले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । ६ दिन चलेको प्रतियोगितामा कोहलपुर मेयर–११, बागमती प्रदेश,गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको सहभागिता रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !