सीमापारी नै राेकियाे मुर्रा रांगा
नेपालगञ्ज – भारतले नेपाललाई दिन थालेकाे मुर्रा रांगा रुपैडियामा राेकिएकाे छ ।
प्रकानमन्त्री पुष्पकमल दाहालकाे जेठमा भएकाे भारत भ्रमणका बेला नेपाललाई १५ वटा मुर्रा जातकाे रांगा दिने सहमति भएकाे थियाे । त्यही सहमति अनुसार भारतले पठाएकाे रांगा नेपालगञ्ज नाका भएर भित्र्याउने तयारी गरिएकाे थियाे । हरियाणाबाट ल्याइएकाे रांगाकाे कागजी प्रक्रिया नेपालतर्फबाट पूरा नभएपछि रुपैडिया कस्टमले रांगा राेकेकाे छ ।
नाकामा रहेकाे जमुनाहा प्रहरी कार्यालयका ईन्चार्ज मिनबहादुर विष्टले कागजी प्रक्रिया पुर्याएर भाेली रांगालाई ल्याइने बताए ।
उन्नत जातका ती रांगालाई नेपालगञ्ज, पाेखरा र लाहानमा राखेर वीर्य उत्पादन गर्ने रणनीति बनाइएकाे छ ।
प्रधानमन्त्रीकाे भारत भ्रमणका बेलामा मुर्रा रांगा ल्याउने सहमति भएपछि नेपालमा त्यसविरुद्व विभिन्न टिकाटिप्पणी भएकाे थियाे ।