क्वारेन्टाइनमा मुर्रा


नेपालगञ्ज – भारतले दिएकाे मुर्रा रांगा नेपालगञ्जमा राखिएकाे छ ।
उन्नत जातकाे नश्ल सुधारका लागि ल्याइएकाे मुर्रा रांगालाई स्वास्थ्य परीक्षणपछि पाेखरा, लहान र नेपालगञ्जमा राख्ने तयारी गरिएकाे छ ।
कागजी प्रक्रिया मिलाउदा नेपाल भित्रिन केही ढिलाई भएपनि मुर्रा नेपालले जिम्मा लिइसकेकाे छ ।
नेपालगञ्जकाे भन्सारस्थित क्वारेन्टाइनमा मुर्रालाई राखिएकाे छ ।
पशु कार्यालयका अनुसार, भारतबाट ल्याइएका १५ वटा मुर्रालाई बांडेर तीन ठाउंमा राखिनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहालकाे जेठमा भएकाे सहमति अनुसार भारतले मुर्रा पठाएकाे हाे ।


error: यो सुविधा उपलब्ध छैन !