भारतले दिएको सामान जाजरकोट र रुकुम पठाइदै


नेपालगञ्ज – भारत सरकारले सहयोग गरेको सामाग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाउने तयारी गरिएकसरकारले सहयोग गरेको सामाग्री आज जाजरकोट र पश्चिम रुकुममा पठाउने तयारी गरिएको छ ।
नेपालगञ्ज विमानस्थलमा राखिएका सामानलाई ट्रकमा लोड गरेर दुई जिल्लामा पठाउने तयारी भएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । भारतले भुकम्प प्रभावितलाई प्लाष्टिक तार्पोलिन÷त्रिपाल ६ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्यांकेट एक हजार थान, टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधी तथा अन्य सामाग्री (४८ प्रकार) का केही कार्टुनमा दिएको छ ।
नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमै सामान ल्याएर उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए । भारतले दिने अरु सामान आज पनि आउँदैछ ।
जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पमा परी घाइते भएका ४३ जनालाई उपचारका लागि बाँकेमा ल्याइएको छ । त्यसमध्येमा एक जनाको बाटोमा मृत्यु भएको छ । एक जना मेडिकल कलेज कोहलपुरमा उपचार गराएका व्यक्ति डिस्चार्ज भएका छन् भने बाँकी सबैको भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको छ । सात जनाको अप्रेसन गरिएको छ । भेरीमा रहेकामध्ये दुई जना सिकिस्त छन् । उनीहरुको अवस्था पनि सुधारोन्मुख रहेको भुकम्पका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।


error: यो सुविधा उपलब्ध छैन !