एमालेका सांसद राहत बाेकेर जाजरकाेट प्रस्थान
नेपालगञ्ज – नेकपा एमालेको तर्फबाट बाँकेबाट प्रतिनिधित्व गर्ने संघीय तथा प्रदेश सांसद र पार्टी नेताहरु राहत सामाग्री लिएर जाजरकोट गएका छन् ।
एमालेका केन्द्रीय सदस्य सूर्य ढकालको नेतृत्वमा पार्टी सम्वद्ध संघीय तथा प्रदेश सांसद, पार्टी नेता कार्यकर्ता र उद्योगी ब्यवसायीसँग संकलन गरिएको राहत लिएर विहान जाजरकाेटका लागि हिडेका हुन् । एमाले बाँकेका सचिव तथा प्रदेशसभा सदस्य रत्न खत्रीले दुईसय बढि कम्बल प्रभावित परिवारलाई बितरणका लागि टोली जाजरकोट प्रस्थान गरेको बताए । सो सामग्री जाजरकोटको भेरी नगरपालिका र बारेकोट गाउँपालिकाका भुकम्प प्रभावितका लागि उपलब्ध गराउन भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गर्ने नेताहरुले बताएका छन् ।
एमाले केन्द्रीय सदस्य ढकाल, शान्ती ढकाल,लेखा आयोग सदस्य बिजया धिताल, प्रदेश सांसद खत्री, दुर्गाबहादुर चौधरी, प्रदेश कमिटी सदस्य घननाथ खनाल, नेताहरु खिलप्रसाद भुसाल, बलराम भट्टराई, किशोर थापा, केशव शाही, इन्द्रबहादुर थापा, कमल कार्की सहितको टोलीले भुकम्प प्रभावितका लागि सहयोग जुटाएर जाजरकोट गएका छन् ।