नेपालगञ्जका पूर्व वडाध्यक्ष बेहना एमाले प्रवेश

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष सफिक बेहना एमालेमा प्रवेश गरेका छन् ।
अघिल्लो चुनावमा राप्रपाबाट वडा नं. ४ का अध्यक्ष बनेका बेहना राप्रपाका महामन्त्री एवं बाँके क्षेत्र नं. २ का सांसद डा. धवलशमशेर राणाका निकट मानिन्थे । तीन महिना अघि नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावमा पार्टीको लाइन विपरित अर्को समूहसँग गठबन्धन गरेर उम्मेदबार बनेपछि बेहनालाई राप्रपाले कारबाही गरेको थियो ।
बेहना काठमाडौं गएर एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर एमालेका प्रवेश गरेका हुन् । बेहनासँगै राप्रपाको भातृ संगठन युवक संघका केन्द्रीय सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिकाका सचिव रवि बर्मा पनि एमालेमा प्रवेश गरेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !