८९ हजारसहित १० जना जुवाडे पक्राउ


नेपालगञ्ज – बाँके प्रहरीले ८९ हजार रुपैयासहित दश जना जुवाडेलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ स्थित रमेश साहुको घरमा तास खेलिरहेका दश जनालाई ८९ हजार ६ सय २८ रुपैयासहित पक्राउ गरिएको हो ।
साहुको घरमा तास खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले एक गड्डी ताससहित ८० हजार २ सय २० रुपैया नेपाली र ५ हजार ८ सय ८० रुपैया भारुसहित दश जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए ।
पक्राउ परेका जुवाडेलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १२५ बमोजिम तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !