थ्रेसरमा मोटरसाइकल ठोक्किदा बाल्मिकीको मृत्यु

नेपालगञ्ज – रोकी राखेको ट्याक्टरमा जडित थ्रेसरमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २०, राँझास्थित सडकमा रोकी राखेको भे १ त ३२३० नम्बरको ट्याक्टरमा जडित धानको थ्रेसरमा भे ९ प ६०१ नम्बरको मोटरसाइकल ठोक्किदा चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, त्रिभुवनचोकका विनोदकुमार बाल्मिकीको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका बाल्मिकीलाई उपचारका लागि नेपालगञ्ज नर्सिङहोममा ल्याइएको थियो । उपचारको क्रममा बाल्मिकीको मृत्यु भयो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बिहीबार रातीको हो ।


error: यो सुविधा उपलब्ध छैन !