योङ लाइन्सलाई दोस्रो महेश थापा स्मृति फुटसलको उपाधी


नेपालगञ्ज – रोयल नेपालगञ्ज दोस्रो महेश थापा स्मृति फुटसल प्रतियोगिताको उपाधी योङ लाइन्स एफसीले जितेको छ ।
कोहलपुर फुटसल एण्ड गेम संसारलाई ट्राइबेकरमा २–१ गोलले पराजित गर्दै योङ लाइन्सले उपाधी जितेको हो । निर्धारित समयमा यी दुईबीचको खेल ४–४ गोलको बराबरी टुंगिएको थियो । योङ लाइन्सले शुरुदेखि नै अग्रता लिएपनि कोहलपुर बराबरी गर्न सफल भएको थियो ।
योङ लाइन्सले सेमिफाइनलमा आयो–गयो एफसीलाई ८–५ गोल र कोहलपुरले रोयल नेपालगञ्ज फुटबल क्लवलाई ट्राइबेकरमा २–१ गोलले पराजित गरेको थियो । कोहलपुर र रोयलको खेल गोल नभई बराबरीमा टुंगिएपछि ट्राइबेकरबाट निर्णय लिइएको थियो ।
१२ वटा टीम रहेको प्रतियोगिताको विजेता योङ लाइन्सले ५५ हजार ५ सय ५५ र उपविजेता कोहलपुरले २७ हजार ७ सय ७७ रुपैया पुरस्कार पाएका छन् । प्रतियोगिताको उत्कृष्ट किपर सागर विष्ट, उच्च स्कोरर अशोक केसी र मेन अफ द टुर्नामेन्ट विनोद शाहीले जिते । यी तिनै जना खेलाडी योङ लाइन्सका हुन् । फेयर प्लेको पुरस्कार नेपालगञ्ज फुटसल मोर्निङ टीमले पायो ।


विजेता, उपविजेतालगायत विधागत उत्कृष्टलाई निलसागर सेवा आश्रमका संस्थापक अध्यक्ष सरिता खनाल, उपाध्यक्ष अमन सुवेदी, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष सूर्यमणि अधिकारी, बरिष्ठ सल्लाहकार किसन गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !