घटाइयाे निषेधाज्ञा र कर्फ्युकाे अादेश

नेपालगञ्ज – नेपालगञ्जमा कर्फ्यु र निषेधाज्ञालाई खुकुलाे पारिएकाे छ ।
अाज बिहान ६ देखि ९ बजेसम्म निषेधाज्ञासमेत हटाइएकाे छ ।
प्रमुख जिल्ला अधिकारी विपिन अाचार्यद्वारा जारी अादेशमा बिहान ९ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लगाइएकाे छ । यसअघि बिहान ६ बजेदेखि राती ८ बजेसम्म निषेधाज्ञा लगाउने गरिएकाे थियाे ।
अाजदेखि बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु रहने प्रशासनले जनाएकाे छ ।
गत मंगलबार एकाएक नेपालगञ्ज अशान्त भएपछि प्रशासनले दिउंसाे निषेधाज्ञा र रातीमा कर्फ्यु लगाइरहेकाे छ ।


error: यो सुविधा उपलब्ध छैन !