कर्फ्यु खुकुलो बनाउदै हटाउन अनुरोध

नेपालगञ्ज – नेपालगञ्जमा सर्वदलीय सर्वपक्षीय बैठकले कर्फ्युलाई क्रमशः खुकुलो बनाउदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले सामाजिक सञ्जालमा सद्भाव विरोधी गतविधि गर्नेलाई तत्काल कारबाही गर्ने निर्णय गरेको छ । बैठकले सद्भाव भड्किन नदिन सबैले आ आफ्नो ठाउँबाट प्रतिबद्धता गर्दै सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ ।
बैठकमा सांसद डा. धवलशमशेर राणा, प्रदेश सांसद कृष्णा केसी नमूना, नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका अगुवाको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !