कर्फ्युका विषयमा सुरक्षा समितिको बैठक बस्दै

नेपालगञ्ज – नेपालगञ्जमा आज तेस्रो दिन पनि कफर््यु जारी रहेको छ । नेपालगञ्जका चोकचोकमा ठूलो संख्यामा प्रहरी तैनाथ छन् । अत्यावश्यक काममा हिडेकाबाहेकलाई बाहिर निस्किन दिइएको छैन ।
मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको छ ।
कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सर्वदलीय सर्वपक्षीय बैठकले सुरक्षा समितिलाई अनुरोध गरिसकेको छ । आज विहान ८ बजे सुरक्षा समितिको बैठक बस्ने तयारी गरेको छ । यो बैठकले कर्फ्युलाई खुकुलो बनाउदै हटाउने विश्वास गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले सुरक्षा समितिको बैठकले कर्फ्युका विषयमा केही निर्णय गर्ने बताए । ‘बैठकले कर्फ्युलाई खुकुलो बनाउने कि हटाउने भन्ने केही निर्णय गर्ला, केसीले भने ।
मंगलबार एकाएक अशान्त बनेको नेपालगञ्ज त्यसपछि शान्त रहेको छ । बुधबार दिनभरी नै नेपालगञ्ज शान्त रह्यो । आज पनि केही कतै कुनै अराजक गतिविधि देखिएको छैन । यी कुरालाई विश्लेषण गरेर सुरक्षा समितिको बैठकले कर्फ्युका विषयमा निर्णय गर्ने बुझिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !