कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

नेपालगञ्ज – नेपालगञ्जमा कर्फ्यु हटेको छ ।
सुरक्षा समितिको बैठकले विहान आठ बजेदेखि बेलुका आठ बजेसम्मलाई कर्फ्यु हटाएको हो । यो अवधिमा निषेधाज्ञा भने जारी रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीका अनुुसार, आज विहान आठ बजेदेखि बेलुका आठ बजेसम्म कर्फ्यु हटेपनि निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञामा जुलुश, भेला, बैठक, सभा, प्रदर्शन, पोष्टर, पर्चा, हुलदंगा गर्ने उद्देश्यले पाँच जना भन्दा बढी मानिस हिड्न, जम्मा हुन पाइने छैन ।
सहायक प्रजिअ केसीले बेलुका आठ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यु यथावत रहेको जानकारी दिए ।
नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु लगाइएको थियो । आज तेस्रो दिन कफर््यु हटाइएको छ । नेपालगञ्जको पूर्वमा राप्ती नदी, पश्चिममा इन्द्रपुर गेट, दक्षिणमा जमुनाहा र उत्तरमा राँझाचोकसम्म कर्फ्यु लगाइएको थियो । यही क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !