नेपालगञ्जमा सद्भाव ¥याली

नेपालगञ्ज – नेपालगञ्जमा सद्भाव ¥याली निकालिएको छ ।
सामाजिक र धार्मिक सद्भावका लागि नेपालगञ्जमा बृहत सद्भाव ¥याली निकालिएको हो । वीपीचोकबाट शुरु भएको ¥याली धम्बोझीमा पुगेर समापन भएको थियो ।
नेपालगञ्जका मेयर प्रशान्त विष्ट, हिन्दु धार्मिक गुरु एवं बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगी र मुस्लिम धार्मिक गुरु अब्दुल जब्बार मन्जरीले नेपालगञ्ज धार्मिक शहर भएकाले सबै जातजाती, समुदाय मिलेर बसेको र यसलाई अझ प्रगाढ बनाउनु पर्ने बताए ।
बृहत सद्भाव ¥यालीमा प्रदेश सांसदहरु रत्न खत्री, कृष्णा केसी नमुना, दुर्गा थारु, बसन्ती अधिकारी, नेपालगञ्जका उपमेयर कमरुद्दिन राई, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !