सरुवा भएका न्यायाधीश तथा वार्डेनको बिदाई

नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बांकेले बांके जिल्ला अदालतबाट पदोन्नती भई उच्च अदालत पोखरामा पदस्थापन हुनु भएका न्यायाधीश धनसिंह महरा तथा बांके राष्ट्रिय निकुञ्जबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सरुवा हुनु भएका वार्डेन श्याम कुमार साहकोे बिदाई गरेको    छ ।
बांकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, कर्मचारी मिलन केन्द्र बांकेका का.वा.अध्यक्ष गोबिन्दप्रसाद पाण्डे तथा मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख तथा सदस्यहरुको उपस्थितिमा बांकेको धार्मिक सांस्कृतिक र पर्यटकिय झलक सहितको मायाको चिनो उपहार दिएर खादा माला सहित उहांहरुलाई फेरि भेटौला कार्यक्रम गर्दै बांकेबाट बिदाई गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !