स्रोत नखुलेको २६ लाखसहित अधिकृत पक्राउ

नेपालगञ्ज – स्रोत नखुलेको २६ लाख नगद सहित आन्तरिक राजस्व कार्यालय, तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका छन् ।

नेपालगञ्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई आज बिहान नियन्त्रणमा लिएको थियो ।

विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगञ्जबाट काठमाडौं जाने तयारीमा थिए ।

सापकोटासंगै रहेका अर्का एक जना भने फरार भएको बाँके प्रहरीले जनाएको छ । उनको खोजीको लागि अहिले विमानस्थल क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

पक्राउ परेका सापकोटालाई अहिले जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !