भारतमा भएको कार दुघर्टनामा नेपालगञ्जका ६ जनाको मृत्यु

नेपालगञ्ज – भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ ।
नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको छ । कार चालकको उपचार भइरहेको छ ।
छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन् । उनी बलरामपुरमा झरेको आफन्तीले बताएका छन् ।
घटना शनिबार रातीको हो । घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तीहरु श्रावस्ती गएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !