रजिष्टार कँडेल र प्रसे पौडेलको बिदाई

नेपालगञ्ज – कर्मचारी मिलन केन्द्र, बाँकेले उच्च अदालत तुलसीपुर इजलास नेपालगञ्जबाट सर्वोच्च अदालतमा सरुवा हुनु भएका रजिष्टार सूर्यबंश कँडेल र नेपाली सेना बज्रदल गण, राँझाबाट हेटौडा प्रितनामा सरुवा हुनु भएका प्रमुख सेनानी (प्रसे) श्याम आत्रेय पौडेललाई बिदाई गरेको छ ।


कर्मचारी मिलन केन्द्र, बाँकेका संरक्षक प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, अध्यक्ष खडानन्द अधिकारी तथा बाँकेका सुरक्षा निकायका प्रमुख, मिलन केन्द्रका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा बाँकेको धार्मिक, सांस्कृतिक र पर्यटकीय झलक दिने मायाको चिनो उपहार दिएर उहाँहरुलाई फेरि भेटौला कार्यक्रमसहित बिदाई गरिएको छ ।
केन्द्रले जिल्लाबाट सरुवा भएर जाने कर्मचारीको बिदाई र आउनेलाई स्वागत गर्ने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !