घरको बिमा गर्दै उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले आवास बिमा कार्यक्रम अगाडि सारेको छ ,।
उपमहानगरपालिकाले विपद जोखिम मिा सम्बन्धी कार्यविधि २०८० बनाएर आवास बिमा कार्यक्रम अघि सारेको हो ।
उपमहानगरपालिकाले नगरका घरलाई दुई तरिकाले बिमा गर्दैछ, विपद दुर्घटना बिमा र जोखिमग्रस्त क्षेत्र आवास बिमा । विपद दुर्घटना बिमामा नगरभित्रका सबै घरहरुको बिमा गरिने छ भने जोखिमग्रस्त क्षेत्र आवास बिमामा उपमहानगरपालिकाले जोखिम क्षेत्र पहिचान गरी त्यहाँ रहेका निजी घरको बिमा गर्नेछ । जोखिम क्षेत्रको पहिचान नेपालगञ्ज उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिले गर्ने र बिमा गर्ने व्यक्ति र भवनको संख्या उपमहानगरपालिकाले बिमा कम्पनीलाई उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले १५ लाखसम्मको बिमा गरिदिने तयारी गरेको छ । १५ लाखसम्मको घरको बिमा गर्दा उपमहानगरपालिकाले प्रिमियम तिरिदिने र १५ लाख भन्दा माथिको हकमा व्यक्ति स्वयंमले प्रिमियम तिर्नुपर्नेछ । १५ लाखको बिमा गर्दा ५ सय ८४ रुपैया प्रिमियम पर्दछ ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले उपमहानगरपालिकाले अघि सारेको निर्जिवन बिमा कार्यक्रम नेपालमै पहिलो भएको बताउनुभयो । यो बिमाका लागि कार्यविधिसँगै बजेट व्यवस्थापन गरिएको छ । आवास बिमाका लागि उपमहानगरपालिकाले यो वर्ष दश लाख रुपैया छुट्याएको छ । उपमहानगरपालिकाको विपद कोषमा भने एक करोड ३८ लाख रुपैया रहेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकामा ३२ हजार घरधुरी रहेका छन् । नेपालगञ्जको वडा नं. ३ र ७ नम्बरमा शहरी विपद तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) एक वर्षदेखि सञ्चालनमा रहेको छ । सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । सुपरका व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार, वडा नं. ३ र ७ मा भवनको घनत्व बढी छ । सांघुरो बाटा छन् । पुरानो बस्ती भएकाले घर जीर्ण छन् ।
नेपालगञ्जका मेयर प्रशान्त विष्टले विपदपछि अर्को विपद नआओस् भनेर आफूहरु लागि परेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !