नेपाली सेनाद्वारा २६ विगाहमा वृक्षरोपण शुरु

नेपालगञ्ज – बज्रदल गण, इमामनगर ब्यारेक राँझाले २६ विगाहमा वृक्षरोपण शुरु गरेको छ ।
ब्यारेकपछाडीको नेपाली सेनाले भोगाधिकार गरिरहेको २६ विगाहमा वृक्षरोपण शुरु गरिएको हो ।


नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा, बज्रदल गणका गणपति श्याम आत्रेय पौडेल (सरुवा), बज्रदल गणका गणपति रविन श्रेष्ठलगायतले वृक्षरोपण गरेका छन् ।


गणपति पौडेलका अनुसार, सितलचिनी, बकाइनो, निम, अमला, अम्बालगायत विरुवा रोपिएको छ । २६ विगाहमा ५ हजार विरुवा रोप्ने तयारी गरिएको छ । आज एक हजार पाँच सय विरुवा रोप्ने गरी जनशक्ति परिचालन गरिएको छ । दुई हप्तामा सबै रोपिसक्ने तयारी छ ।


वृक्षरोपणमा डिभिजन वन कार्यालय, बाँके, नेपालगञ्ज सव डिभिजन वन कार्यालय, राँझा, नेपालगञ्ज फोनिक्स राउण्ड टेबल–३२ ले सहयोग गरेका छन् ।

वृक्षरोपण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष प्रमोद रिजाल, वडा नं. २० का कौशल धोवी, अनुसन्धानका एसपी मोहन कुँवर, वन कार्यालय, राउण्ड टेलवका प्रतिनिधि, स्थानीय बासिन्दाको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !