एमालेकाे वृक्षराेपण

नेपालगञ्ज – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा एमालेले विभिन्न ठाउँमा वृक्षरोपण गरेको छ ।
नेकपा एमाले खजुरा गाउँपालिका कमिटी र अखिल नेपाल किसान महासंघ बाँकेको आयोजनामा खजुरा गाउँपालिका २ के गाउँस्थित दुर्गा भवानी मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ । वृक्षरोपण कार्यक्रममा पुगेका नेकपा एमालेका केन्द्रिय सदस्य तथा खजुरा गाउँपालिका इन्चार्ज शान्ति ढकाल, नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य बाबुराम गौतम, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य नन्दलाल रोकाय, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले पुष्पलालको बाटोमा हिड्न सके कम्युनिस्टहरु सच्चा कम्युनिस्ट हुने र त्यसले मात्र देश र जनताको परिवर्तन गर्न सक्ने बताए ।
मोर्चा संगठन संयोजक भीम ओली, अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णबिक्रम केसी, खजुरा गाउँ कमिटीका अध्यक्ष गेहेन्द्र धिताल लगायतका नेकपा एमालेका नेता कार्यकर्ताको उपस्थितिमा अर्जुन प्रजातिका ३ सय बढी बिरुवा लगाइएको छ ।
नेकपा एमाले नगर कमिटी बाँकेले नेपालगञ्ज उपमहानगरपालिका ९ शान्तिनगर स्थित नील सागर सेवाश्रमको निर्माणाधिन भवन परिसरमा वृक्षरोपण गरेको छ ।
नील सागर सेवाश्रमको निर्माणाधिन भवन परिसरलाई सौन्दर्यीकरण गर्न फूल फुल्ने जातका बिरुवाहरु लगाइएको छ । उक्त कार्यक्रममा नेकपा एमाले बाँके क्षेत्र नं १ का संघीय सांसद सूर्य ढकाल, स्थायी कमिटी सदस्य तथा बाँके जिल्ला इन्चार्ज खेममान खड्का, केन्द्रिय लेखा आयोग सदस्य बिजया धिताल, मधेशी आयोगका सदस्य तथा नीलसागरका प्रमुख अभिभावक बिजय गुप्ता, नील सागर सेवाश्रमकी संस्थापक अध्यक्ष सरिता खनाललगायतको उपस्थिति थियो ।
नेकपा एमाले बाँकेले राप्तीसोनारी गाउँपालिका लगायतका पालिकाहरुमा समेत वृक्षरोपण गरिएको जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !